हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी
annapurnapost.com · Mon Aug 24 04:59:12 GMT 2026

हुम्ला : हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा मध्यराति आगलागी भएको छ। प्रहरीका अनुसार राति करिब पौने दुई बजेको समयमा अचानक आगलागी भएको हो।
आगलागी लगत्तै स्थानीयवासी र प्रहरी प्रशासनको टोली खटिएर आगो नियन्त्रणमा लिएका थिए। स्थानीय व्यवसायी नरवीर थापाका अनुसार गाउँपालिकाका कर्मचारीहरू बस्ने घर नजिकै रहेकाले प्रहरी र स्थानीयको तत्परतामा आगो छिट्टै नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा आए पनि कार्यालयमा ठूलो क्षति पुगेको छ।
Read full story at source (annapurnapost.com)