मधेशमा रक्षाबन्धनको रौनक
gorkhapatraonline.com · Mon Aug 24 05:12:51 GMT 2026

साउन शुक्ल पूर्णिमा नजिकिँदै गर्दा मधेशका जिल्लाका बजार, गाउँ–टोल र बस्तीमा रक्षाबन्धनको रौनक छाउन थालेको छ। दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, आत्मीयता र विश्वासको प्रतीक मानिने रक्षाबन्धनको तयारीसँगै यहाँका बस्तीमा पर्वसँग सम्बन्धित गीत तथा धुन गुञ्जिन थालेका छन्।
रक्षाबन्धनको दिन नजिकिँदै जाँदा सहरदेखि गाउँसम्मका पान पसल, किराना पसल तथा अन्य सार्वजनिक स्थलमा रक्षाबन्धनका गीत बज्न थालेका छन्। सामान्य दिनमा विभिन्न किसिमका गीत तथा सङ्गीत बज्ने पसलमा समेत पर्वको माहोल झल्काउने धुनले स्थान पाउन थालेको छ।
Read full story at source (gorkhapatraonline.com)