कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, राप्रपा तटस्थ बस्ने
lokaantar.com

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको २६ औँ बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
गएको भदौ ३ गते नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो। केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै कोशीमा पनि कांग्रेस सरकारबाट बाहिरिएको थियो।
Read full story at source (lokaantar.com)