बेलायत र विश्व बैंकको सहयोगमा हरित हाइड्रोजन पाइलट परियोजना सुरू
clickmandu.com · Wed Jun 10 05:03:12 GMT 2026

प्यूठान। बुटवल पावर कम्पनीले प्यूठानको दरिमचौरमा आफ्नो ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजनाको उद्घाटन गरेको छ । यो परियोजनाको उद्घाटन भविष्यको स्वच्छ ऊर्जा समाधानको रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
उक्त पाइलट परियोजना बीपीसीद्वारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको छ । यस परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्दछ ।
Read full story at source (clickmandu.com)