३ वर्षीय बालिका घटना प्रकरण: आरोपित बालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक
annapurnapost.com · Mon Aug 24 05:27:36 GMT 2026

सिमरा : गरिमा चौधरी हत्या प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका १६ वर्षीय बालकसँग चिकित्सकले परामर्श गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । शव भेटिएकै दिन पक्राउ परेका बालकको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा देखिन थालेको हो ।
कलैया अस्पतालमा खिचिएको उक्त भिडियो कसले सार्वजनिक गर्यो भन्ने खुलेको छैन । उक्त भिडियो कलैया अस्पतालको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को रहेको बताइएको छ । लैंगिक हिंसा सम्बधी घटनामा प्रहरीले स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि पीडित र पीडकको ओसीएमसी गराउने गरेको छ ।
Read full story at source (annapurnapost.com)