१० दिनमा २१ हजारले बढ्यो सुनको भाउ, यस्तो छ कारण
aarthiknews.com

काठमाडौं । पछिल्लो दिनहरूमा सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ । पछिल्ला १० दिनमा मात्रै सुनको मूल्य तोलाको २१ हजार १०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार साउन २९ गते तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज भदौ ८ गते सोमबार ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ । यो अवधिमा चाँदीको मूल्य ४ हजार ६६० रुपैयाँबाट बढेर ४ हजार ९६५ रुपैयाँमा उक्लिएको छ ।
Read full story at source (aarthiknews.com)