इरानमाथि अमेरिकी दबाब बढ्दा विश्व बजारमा तेलको मूल्य घट्यो
bishowkhabar.com · Mon Aug 24 05:34:58 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य २ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल ९२ अमेरिकी डलर आसपास पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान गिरावट आएको छ।
तेलको मूल्यमा गिरावटसँगै एसियाली सेयर बजारमा पनि मिश्रित प्रभाव देखिएको छ। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क १ दशमलव ४ प्रतिशतले घटेको छ। टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजार पनि ओरालो लागेका छन्। सिड्नी, जकार्ता र बैङ्ककका बजार भने बढेका छन्। मनिला र क्वालालम्पुरका बजार स्थिर रहे।
Read full story at source (bishowkhabar.com)