सन् २०३४ सम्ममा भारतको वैकल्पिक लगानी बजार २० खर्ब डलर पुग्न सक्ने
clickmandu.com · Mon Aug 24 05:46:37 GMT 2026

एजेन्सी । ईवाई र जुलियस बेयरको एक प्रतिवेदनका अनुसार, उच्च नेट–वर्थ लगानीकर्ताहरूको बढ्दो सहभागिता र परम्परागत लगानीसँग कम सम्बन्ध भएका उच्च प्रतिफल दिने सम्पत्तिहरूको बढ्दो मागका कारण सन् २०३४ सम्ममा भारतको वैकल्पिक लगानी बजार पाँच गुणाभन्दा बढीले बढेर २० खर्ब डलरभन्दा माथि पुग्न सक्छ ।
हाल यो बजार करिब ४०० अर्ब डलरको रहेको अनुमान गरिएको छ । त्यसमध्ये १५६ अर्ब डलर सेबीमा दर्ता भएका वैकल्पिक लगानी कोषमा रहेको छ । बाँकी लगानी अफशोर माध्यमहरू, पारिवारिक कार्यालयहरू (फेमिली अफिस) र अन्य सूचीकृत नभएका संरचनाहरूमार्फत हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (clickmandu.com)