गिनीको ल्यान्डफिलमा पहिरो, ३० जनाको मृत्यु
aarthiknews.com

कोनाक्री । गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। घटनामा छ जना गम्भीर घाइते भएका छन्।
आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा आसपासका झुपडी तथा घरहरू पुरिएका थिए। फोहोरसँगै आएको पहिरोले बस्तीमा क्षति पुर्याएपछि ठूलो मानवीय क्षति भएको हो।
Read full story at source (aarthiknews.com)