सरकारमा राप्रपाकै ३ मन्त्री, तर मुख्यमन्त्रीलाई मत नदिन पार्टीको ह्विप जारी
kendrabindu.com · Mon Aug 24 06:06:08 GMT 2026

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत लिने तय भएसँगै सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आफ्ना सांसदहरूलाई तटस्थ रहन ह्विप जारी गरेको छ।
एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापा मगरले संविधानको धारा १६८ (४) र प्रदेश सभा नियमावली अनुसार विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्दछ।
Read full story at source (kendrabindu.com)