दुई दशकको प्रतीक्षापछि ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न
bishowkhabar.com · Mon Aug 24 06:14:03 GMT 2026

काठमाडौं– म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएको हो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजना अब विद्युत् उत्पादनको तयारीमा छ । बाँध, पानी थिग्र्याउने संरचना, सुरुङ र विद्युत् प्रसारण केन्द्रको परीक्षण सफल भइसकेको छ ।
Read full story at source (bishowkhabar.com)