एचआइभीका नयाँ रोगी पहिचान
lokaantar.com

भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ जनामा एचआइभी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो ।
अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा. सङ्केतकुमार रिसालले सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिए । अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ ।
Read full story at source (lokaantar.com)