जेनजी आन्दोलनमा लुटेको सुन फिर्ता गर्न ११ महिनापछि लुटेरा नै पूर्वगभर्नर अधिकारीको घरमा पुगेपछि…
clickmandu.com · Mon Aug 24 06:16:23 GMT 2026

काठमाडौं । २०८२ साल भदौ २४ गतेको त्यो दिउँसो ललितपुरको भैसेपाटी क्षेत्र तनावग्रस्त थियो । जेन्जी विद्रोहका क्रममा भैसेंपाटीका उच्च पदस्थ व्यक्तित्वहरूका घर निशानामा परेका थिए । त्यही भिड र अराजकताको फाइदा उठाउँदै एउटा समूहले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका महाप्रसाद अधिकारीको घरमा धावा बोल्यो । घर तोडफोड भयो, आगजनी भयो । करोडौंको धनमाल लुटियो, क्षति भयो ।
घटनाको ११ महिनापछि बल्ल अधिकारीको घर लुटपाटमा संलग्न एक व्यक्ति समातिए । तर, उनी यस्ता व्यक्ति थिए जो फसिने डरले आफैं अधिकारीलाई सुन फिर्ता गर्न पुगेका थिए । उनी पेसाले जुत्ता सिलाउने काम गर्थे ।
Read full story at source (clickmandu.com)