१९९ किलो गाँजासहित टिपर चालक पक्राउ
ratopati.com · Mon Aug 24 06:33:08 GMT 2026

उदयपुर । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गएति कटारी नगरपालिका–४, मरुवा खोला क्षेत्रबाट गाँजा र टिपरसहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भदौ ८ गते राति करिब १ः ४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । गाँजासहित पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भएका तथा हाल कटारी नगरपालिका–४ बस्ने २१ वर्षीय सोम मगर रहेका छन् ।
Read full story at source (ratopati.com)