‘गौँथली’को कमाइ २५ करोड पार, ९ लाखभन्दा बढी टिकट बिक्री
ratopati.com · Mon Aug 24 06:38:21 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार फिल्म ‘गौँथली’ २५ करोड रुपैयाँभन्दा बढीको ग्रस गर्न सफल भएको छ। आइतबार राति १० बजेसम्मको विवरण समेटिएको उक्त रिपोर्ट अनुसार फिल्मले २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ कमाएको हो।
यस अवधिमा फिल्मका ९ लाख ९ हजार ४२६ वटा टिकट बिक्री भएका छन्। गत साउन १ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्।
Read full story at source (ratopati.com)