खानी विधेयकमा ३५ र राहदानी विधेयकमा १७ संशोधन प्रस्ताव
ratopati.com · Mon Aug 24 06:37:00 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभामा अगाडि बढेका ‘खानी तथा खनिज पदार्थ विधेयक’ र ‘राहदानी (पहिलो संशोधन) विधेयक’ मा उल्लेख्य सङ्ख्यामा संशोधन प्रस्तावहरू परेका छन् ।
संसद् सचिवालयका अनुसार खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा र राहदानी (पहिलो संशोधन) विधेयक २०८३ मा १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। यी प्रस्तावहरू एकल हुन् वा समूहगत, त्यसलाई छुट्टाएर एकीकृत गर्ने काम भइरहेको सचिवालयले जनाएको छ।
Read full story at source (ratopati.com)