उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गर्ने र थप सैनिक पठाउने तयारी
clickmandu.com · Mon Aug 24 06:41:23 GMT 2026

एजेन्सी । दक्षिण कोरियाली सांसदको कार्यालयका अनुसार, दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले रुसमा थप सैनिक परिचालनका लागि तयारी जारी राखेको तर त्यस्तो परिचालन तत्कालै भइहाल्ने कुनै संकेत नदेखिएको बताएको छ ।
यो मूल्यांकन उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले गत साता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दाबीलाई खण्डन गरेपछि आएको हो । त्यसमा प्योङयाङले आफ्नो सहयोगीका लागि लड्न रुसमा ५० हजारसम्म थप सैनिक पठाउने योजना बनाएको भनिएको थियो ।
Read full story at source (clickmandu.com)