परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली सर्बिया जाने
nepalnews.com · Mon Aug 24 07:09:31 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने भएको छ। सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गतेसम्म उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने निर्णय मन्त्रिपरिषद्ले साउन २६ गते गरेको थियो।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरणसभामा सहभागी हुन मन्त्री खनाल भदौ १४ गते साँझ सर्बिया प्रस्थान गर्नेछन्। उनी भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम छ।
Read full story at source (nepalnews.com)