बजेट रोक्काले मधेसका पूर्वाधार कार्यालयमा तनाव, भुक्तानी नपाउँदा निर्माण व्यवसायी आक्रोशित
nagariknews.nagariknetwork.com · Wed Jul 01 14:51:25 GMT 2026

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले गैरआवासीय भवन निर्माणतर्फको बजेट अन्तिम समयमा रोक्का गरेपछि प्रदेशभरका पूर्वाधार विकास कार्यालयमा तनावको अवस्था सिर्जना भएको छ। चालु आर्थिक वर्षको अन्त्य नजिकिँदा निर्माण सम्पन्न भएका योजनाको भुक्तानी रोकिएपछि उपभोक्ता समिति र निर्माण व्यवसायी असन्तुष्ट बनेका हुन्।
सम्झौताअनुसार काम सम्पन्न गरेर भुक्तानी लिन पुगेका निर्माण व्यवसायी र उपभोक्ता समितिले बजेट रोक्का भएको जानकारी पाएपछि विभिन्न कार्यालयमा विवाद र दबाब बढेको बताइएको छ। कतिपय कार्यालय प्रमुखहरू कार्यालयमै उपस्थित हुन नसकेको स्रोतले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)