जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
nepalnews.com · Mon Aug 24 07:12:16 GMT 2026

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ। निजामती कर्मचारीका लागि पहिलो पटक ई–पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए।
संघीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लामा पनि कार्यान्वयनमा ल्याएकामा गत वर्ष चार जना कर्मचारी त्यो सेवा प्राप्त गरेको उनको भनाइ छ। कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा त्यस सेवा लिएको जानकारी दिइएको छ। स्थानीय तहबाटै ई–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौं जान पर्ने बाध्यता हटेको छ।
Read full story at source (nepalnews.com)