कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
nepalnews.com · Mon Aug 24 07:16:44 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिंदैछन्। उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए। उनका अनुसार नेपालको संविधान बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषदमा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ। यसअघि उनको नेतृत्वमा २०८१ वैशाख २७ गते कोसी प्रदेश मन्त्रिपरिषद गठन भएको थियो। हाल सभामा नेकपा (एमाले) का ४० र नेकपाको १७ सांसद छन्।
Read full story at source (nepalnews.com)