गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा
gorkhapatraonline.com · Mon Aug 24 07:17:04 GMT 2026

गाजामा प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले नाजुक युद्धविराम कायम गर्न गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने योजना बनाएको छ ।
बोर्डका एक अधिकारीका अनुसार युगान्डाका अधिकारीहरू बुरुन्डीको सैन्य प्रतिनिधिमण्डलसँगै इजरायल पुगेका थिए । युगान्डाले यसै महिना संसदबाट गाजामा सेना पठाउने निर्णय अनुमोदन गराएपछि आफ्नो सहभागिताको विवरण अन्तिम रूप दिइरहेको छ । बुरुन्डीले भने अझै कुनै निर्णय गरेको छैन तर प्रक्रियामा अघि बढ्न इच्छुक देखिएको अधिकारीले बताए ।
Read full story at source (gorkhapatraonline.com)