गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु
barnanmedia.com · Mon Aug 24 07:18:44 GMT 2026

गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा नजिकैका झुपडी पुरिएका थिए ।
घटनामा छ जना गम्भीर घाइते भएका छन् भने धेरै घरमा क्षति पुगेको छ । अधिकारीहरूका अनुसार बिहान करिब २ बजे सुरु भएको भारी वर्षाका कारण फोहोर बगेर आसपासका बस्तीमा पुगेको थियो । घटनापछि जीवितको खोजी तथा उद्धार कार्य जारी रहेको छ । सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे मामाडोउ बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो ।
Read full story at source (barnanmedia.com)