दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग
khabarhub.com · Mon Aug 24 07:30:24 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
दुर्गा प्रसाद प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले जिल्ला प्रहरी परिसर भक्तपुरसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट निवेदन माथिको प्रारम्भिक सुनुवाइपछि अदालतले विपक्षीहरूको नाममा म्याद जारी गर्ने निर्णय गरेको हो ।
Read full story at source (khabarhub.com)