संघीय सरकारको सहमतिबिनै भारत भ्रमणमा मधेसका मुख्यमन्त्री
ratopati.com · Mon Aug 24 07:42:22 GMT 2026

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको सहमति नलिई भारत भ्रमणमा गएको विषय सार्वजनिक भएको छ । मुख्यमन्त्री यादव भने आफ्नो भ्रमण व्यक्तिगत तथा धार्मिक प्रकृतिको भएकाले संघीय सरकारको सहमति आवश्यक नपरेको बताएका छन् ।
प्रदेश सरकारका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव गत शुक्रबार भारतको देवघरस्थित बाबा वैद्यनाथ धाम (बाबाधाम) भ्रमणका लागि भारत गएका हुन् । उनीसँग प्रदेश सरकारका केही मन्त्री र स्वकीय सचिवसमेत रहेको महतोले जानकारी दिए ।
Read full story at source (ratopati.com)