गगन थापाको प्रश्न : लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार अझै किन मौन ?
nepalnews.com · Mon Aug 24 07:42:00 GMT 2026

काठमाडौं । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारमाथि पुनः दबाब बढाएका छन्। २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन झन्डै एक दशक बित्न लाग्दा समेत सार्वजनिक हुन नसकेको भन्दै थापाले अब ढिलाइको कुनै औचित्य नरहेको बताएका छन्।
प्रतिवेदन सार्वजनिक गर्ने माग नयाँ भने होइन। २०७४ सालदेखि नै हरेक वर्ष यसको सार्वजनिकरणको आवाज उठ्दै आएको थापाको भनाइ छ। राजनीतिक दलहरूले सरकारमा पुग्नुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने, तर सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसक्ने प्रवृत्ति दोहोरिँदै आएको उनले बताएका छन्।
Read full story at source (nepalnews.com)