लिङदेनले उद्धव थापालाई पदमुक्त गराउन बागमतीका सभामुखलाई लेखेको पत्रमा के छ ?
nepalpress.com · Mon Aug 24 07:42:19 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न पत्र लेखेका छन् । उनले पार्टीको निर्णय बमोजिम बागमतीका सभामुखलाई आज पत्राचार गरेका हुन् ।
पत्रमा थापाले पार्टीको विभिन्न मितिको निर्णय र निर्देशन उल्लंघन गरेर संविधानको धारा १६८(२) बमोजिम बन्ने मुख्यमन्त्रीका लागि दलका सांसदहरूको तर्फबाट समर्थन जनाएको उल्लेख छ । राप्रपाको नीति, निर्देशन र विधान विपरीत अनुशासनको गम्भीर उल्लंघन गरेको हुँदा निजलाई बाग्मती प्रदेशसभाको सदस्यबाट पदमुक्न गर्न माग गरिएको छ ।
Read full story at source (nepalpress.com)