बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम सञ्चालन, ‘इ.मास ५’ विद्युतीय गाडी सार्वजनिक
clickmandu.com · Mon Aug 24 07:45:44 GMT 2026

बीरगञ्ज । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो ११औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम उद्घाटनको अवसरमा कम्पनीले आफ्नो नयाँ विद्युतीय सवारी ‘द अल–न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ । बीरगञ्जको बाइपास रोडमा अवस्थित यस नयाँ आउटलेटसँगै नेपालभर प्रोटोनको उपस्थिति थप मजबुत बनेको छ । कम्पनीले आगामी दशैंअघि नै झापाको बिर्तामोडमा १२औँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
मलेसियामा आयोजित प्रतिष्ठित ‘अलियान्ज डिएसएफ भेइकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ को उपाधि जित्न सफल यो गाडी अत्याधुनिक प्रविधि र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट नमुना हो । इ.मास ५ मा १४.६ इन्चको विशाल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता सुविधाहरू उपलब्ध छन् । साथै, यसमा सामान राख्नका लागि अगाडि ७० लिटरको ‘फ्रङ्क’ र पछाडि ३७५ लिटरको फराकिलो स्पेशका साथै ३२ वटा विभिन्न स्टोरेज कम्पार्टमेन्टहरू रहेका छन्, जसले सहरी तथा लामो दूरीको यात्रालाई सहज बनाउने कम्पनीको दाबी छ ।
Read full story at source (clickmandu.com)