मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल
emountaintv.com · Mon Aug 24 07:55:18 GMT 2026

काठमाडौं ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्यालाई न्युनिकरण गर्न स्थानीय स्तरबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबापत प्रदान गरिने राहत रकममा गरिएको उल्लेख्य वृद्धिको चर्चा गर्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभएको हो । प्रवक्ता डा. ढकालकाअनुसार वि.सं. २०६७ सालदेखि वन्यजन्तुबाट हुने क्षतिका लागि राहत दिने प्रक्रियाको औपचारिक शुरुवात गरिएको हो । मानव अधिकार र नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखी शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रारम्भमा सातवटा वन्यजन्तुलाई समेटिएको थियो । हाल यसको दायरा विस्तार भई १७ वटा वन्यजन्तु पुगेको छ । यद्यपि बाँदरबाट हुने क्षतिलाई भने अझै राहत सूचीमा समावेश गरिएको छैन। पछिल्लो समय मौरी र सर्पका कारण हुने क्षतिलाई पनि राहतको दायरामा ल्याउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (emountaintv.com)