प्रसाईंको घरबाट लगिएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
nepalnews.com · Mon Aug 24 08:07:59 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका मोबाइल, ल्यापटप र सीसीटीभी रेकर्डरसहित अदालतमा उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार भदौ ४ गते प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई पत्राचार गर्न आदेश दिएको हो। सामान नियन्त्रणमा लिएको विषयमा प्रसाईंकी पत्नी उमाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
Read full story at source (nepalnews.com)