सडक दुर्घटनामा ज्यान गुमाएकी बोहराको परिवारलाई न्याय र क्षतिपूर्तिको माग
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार बसको ठक्करबाट बोहरा लडेर घाइते भएपछि उक्त सवारीसाधन पुनः पछाडि फर्केर किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो। प्रमुख सचेतक महरले घटनापछि मृतकका परिवारजन र आफन्तले विरोध गर्दा प्रहरीले सवारीसाधनमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूमाथि नै प्रहार गरेको आरोप पनि लगाए। उनले पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति र घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे।
Read full story at source (hamrakura.com)