बालबालिका विरुद्धको अपराधमा तानिएका बारामा एसपी भन्छन्-प्रहरी जवानको हकमा म कार्वाही गर्छु, केन्द्रीय प्रहरी प्रवक्ता भन्छन्-बुझ्ने काम हुँदैछ
ukeraa.com

काठमाडौं : बारामा ३ वर्षीया बालिकाको बलात्कार र हत्या घटनाका आरोपीको पहिचान खुलाएको, पत्रकार सम्मेलनमा सार्वजनिक गरेको र बयानसम्म सार्वजनिक भएको घटनामा जोडिएका जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले यो घटनामा प्रहरी जवानको हकमा आफूले कार्वाही गर्ने बताए। जस्तोसुकै अपराधको अनुसन्धानमा पक्राउ परे पनि नाबालिगको हकमा सार्वजनिक गर्नु, हतकडी लगाउनु कानुन विपरीत काम हो।
एसपी कुँवरसहित बारा प्रहरीले प्रहरीको नियन्त्रणमा रहेका १६ वर्षका कानुनी विवादमा तानिएका नाबालिगलाई पत्रकार सम्मेलनमा सार्वजनिक गराउने, हतकडी लगाउने र घटनाबारे उनीसँग भएको सोधपुछको भिडियो खिचेर सार्वजनिक गर्ने घटनासम्म जोडिए। यसबारे उकेराले एसपी कुँवरलाई कानुन विपरीतका यस्ता काममा प्रहरी नै किन संलग्न भयो भनेर प्रश्न सोधेको थियो।
Read full story at source (ukeraa.com)