नेकपाले दियो आफ्ना सांसदलाई तालिम
baahrakhari.com · Mon Aug 24 08:06:57 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदको भूमिका प्रभावकारी बनाउन तालिम प्रदान गरेको छ । विधायिकी प्रक्रिया, जनताको प्रभावकारी प्रतिनिधित्व तथा संसदीय सुनुवाइलाई सुदृढ बनाउने विषयमा सांसदलाई तालिम दिइएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए ।
तालिममा संसदीय सुनुवाइमा सांसदको भूमिका, सामाजिक सञ्जालमा फैलने गलत सूचनाबाट बच्ने उपाय तथा यसको सही प्रयोगका विषयमा विज्ञले प्रशिक्षण दिएका थिए । संसदीय कार्यमा प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोगका विषयमा पनि विज्ञले जानकारी गराएका थिए ।
Read full story at source (baahrakhari.com)