झन्झट र कमिसनले लगानीकर्ता पलायन भए, सरकार गम्भीर भएन: सांसद स्वार
ratopati.com · Mon Aug 24 08:12:27 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वारले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद स्वारले उद्योग स्थापना र सञ्चालनका क्रममा व्यवसायीले अनावश्यक झन्झट, कमिसन र ढोका-ढोका धाउनुपर्ने बाध्यता झेल्नुपरेको दाबी गरे। नेपालमा प्रभावकारी ‘एकद्वार प्रणाली’ नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ता निरूत्साहित भइरहेको उनको भनाइ छ।
Read full story at source (ratopati.com)