हिंसाका घटना रोक्न कानुन परिमार्जन गर्न सांसद शाहजान खातुनको माग
nagariknews.nagariknetwork.com · Mon Aug 24 08:06:42 GMT 2026

प्रतिनिधिसभा सदस्य शाहजान खातुनले बालिका तथा महिलामाथि हुने बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न कानुन परिमार्जन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खातुनले निर्मला पन्तदेखि गरिमा चौधरीसम्मका पीडित परिवार अझै न्यायको प्रतीक्षामा रहेको बताइन्। उनले केवल भाषण गरेर नपुग्ने भन्दै संसद्ले आवश्यक कानुनी सुधार गर्नुपर्नेमा जोड दिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)