वाइल्डबेरीजपछि ओजोनका लजिस्टिक केन्द्रमा पनि युक्रेनी ड्रोन आक्रमण
ratopati.com · Mon Aug 24 08:37:07 GMT 2026

काठमाडाैँ । युक्रेनले रुसको दोस्रो ठुलो ई–कमर्स कम्पनी ओजोनका लजिस्टिक केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण तीव्र पारेको छ। कम्पनीले सोमबार दक्षिणी क्रास्नोदार क्षेत्रमा रहेको आफ्नो अर्को लजिस्टिक केन्द्रमा ड्रोन आक्रमणपछि ठुलो आगलागी भएको जनाएको छ।
युक्रेनले रुसी सेनालाई सामग्री आपूर्ति गरेको आरोप लगाउँदै रुसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका लजिस्टिक केन्द्रलाई केही सातादेखि निसाना बनाउँदै आएको छ। ओजोन रुसको दोस्रो ठुलो अनलाइन बजार हो। यसका देशभर डेलिभरी केन्द्र, सामान बुझ्ने स्थान तथा बक्सहरू रहेका छन्। दुवै कम्पनीले रुसको तीव्र गतिमा विस्तार भइरहेको ई–कमर्स बजारको ठूलो हिस्सा ओगटेका कारण तिनलाई ‘रुसको अमेजन’ समेत भन्ने गरिन्छ।
Read full story at source (ratopati.com)