सामसङको मनसुन अफरस् टिभी तथा होम अप्लायन्सेसमा २३% सम्म क्यासब्याक
ajakoartha.com · Mon Aug 24 08:35:00 GMT 2026

काठमाडौं- सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वाशिंग मेशिन र रेफ्रिजेरेटर रेन्जमा विशेष मनसुन अफर प्रस्तुत गरेको छ। प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ। अफरअन्तर्गत चुनित होम अप्लायन्सेसहरूमा २३% सम्मको Cashback उपलब्ध हुनेछ। यसका साथै, चुनित टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको नि:शुल्क NetTV Subscription र नि:शुल्क Soundbar लगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ।
ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL तथा SATL वाशिंग मेशिनमा २३% सम्मको Instant क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
Read full story at source (ajakoartha.com)