इरान युद्ध नयाँ चरणमा जाने जोनसनको संकेत
nepalnews.com · Mon Aug 24 09:03:21 GMT 2026

अमेरिका । अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताउँदै अमेरिकी सहयोगी राष्ट्रहरू पनि त्यसमा सहभागी हुने संकेत गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोकिएको दाबी गर्दै सैन्य अभियानको उद्देश्य पूरा भएको बताए।
फक्स न्युजसँग आइतबारको अन्तर्वार्तामा उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनहरूको साझा लक्ष्य रहेको र राष्ट्रपति ट्रम्पले त्यो उद्देश्य पूरा गरेको दाबी गरे। इरानसँगको वार्तामा मुख्य चुनौती विश्वासको अभाव रहेको बताउँदै उनले ‘वार्ताको टेबलको अर्को छेउमा रहेका इरानीहरूलाई विश्वास गर्न नसकिने’ बताए।
Read full story at source (nepalnews.com)