विघटनको देशभर विरोध
janaaastha.com · Tue Jan 05 17:50:41 UTC 2021
संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार देशभरका क्याम्पसहरुमा कालो ब्यानर प्रदर्शन गरेको छ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कालो व्यानर टाँगेर देशभरका क्याम्पसहरुमा कोणसभा गरेको हो ।
मंगलबार (आज) दोस्रो चरणको आन्दोलन घोषणा गरेको सो संगठनले उपत्यकाका विभिन्न क्याम्पसमा प्रदर्शन गरेको छ । उपत्यकाका रत्नराज्य, सानोठिमी, पशुपति, मीनभवनलगायतका क्याम्पसहरुमा कालो व्यानरसहित विरोध प्रदर्शन गरेको जनाइएको छ । रत्नराज्य क्याम्पसमा कुनै नाराबाजी नगरी क्याम्पस हाताभित्र कालो ब्यानर टाँगेर प्रदर्शन गरेको संगठनका नेता शिशिर बस्यालले जानकारी दिए ।
Read full story at source (janaaastha.com)