लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस
nepalnews.com · Mon Aug 24 09:14:58 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको छ । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सिफारिस गरिएको छ ।
नयाँ नियुक्त भएका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरुको पद तथा गोपनियताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको छ ।
Read full story at source (nepalnews.com)