हेटौँडा कपडा उद्योग सेनालाई दिने सरकारको निर्णय ‘उल्टो बाटो’ : शाह
ratopati.com · Mon Aug 24 09:12:17 GMT 2026

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनक शाहले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सरकारको यो कदमलाई उनले ‘उल्टो बाटो’ को संज्ञा दिँदै उनले यसले दीर्घकालीन रूपमा सरकारलाई नै नकारात्मक असर गर्ने दाबी गरेका छन्।
पूर्व सदस्य शाहले सेनाको मुख्य जिम्मेवारी देशको सुरक्षा गर्नु रहेको उल्लेख गर्दै व्यावसायिक उत्पादन र व्यापारमा संलग्न गराउनु सेनाको म्यान्डेट र दक्षताभित्र नपर्ने बताएका छन्। “लोकतान्त्रिक व्यवस्थामा उत्पादन र व्यापार निजी क्षेत्र वा व्यावसायिक संस्थानहरूले गर्ने अवधारणा हुन्छ,” शाहले भने, “सेनालाई व्यापारमा संलग्न गराउँदा ‘व्यापारिक सेना’ को छवि बन्ने जोखिम रहन्छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले समेत उपयुक्त हुँदैन।”
Read full story at source (ratopati.com)