युवापुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक : उपसभापति शर्मा
baahrakhari.com · Sun May 17 10:01:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय र युवापुस्ताको चाहना अनुरूप संविधानलाई गति दिनुपर्ने उल्लेख गरेका हुन् ।
उपसभापति शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढंगले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए । संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको तर्क छ ।
Read full story at source (baahrakhari.com)