इन्फान्टिनोलाई पद छाड्न वा चुनौतीको सामना गर्न दबाब
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026
काठमाडौं । युइएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी निर्वाचनअघि पद छाड्नुपर्ने वा नेतृत्वका लागि चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। तर उनले आफू इन्फान्टिनोको स्थान लिन भने इच्छुक नरहेको स्पष्ट पारेका छन्।
विश्वकपसहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने इन्फान्टिनोको विवादास्पद योजना त्यागिए पनि त्यसलाई लिएर उनीमाथि राजीनामाको दबाब बढेको छ। युइएफएले फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको छ भने केही महादेशीय तथा राष्ट्रिय फुटबल महासङ्घले इन्फान्टिनोप्रतिको समर्थन फिर्ता लिएका छन्।
Read full story at source (hamrakura.com)