बारा बालिका हत्या प्रकरण: बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
clickmandu.com · Mon Aug 24 09:31:29 GMT 2026

बारा । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न आरोपितको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेका छन् ।
आरोपित सुमन थापाले बयान दिइरहेको समयमा बयान कक्षभित्रै ‘प्रोटोकल’ विपरीत खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि चौतर्फी प्रश्न उठेको थियो । भिडियोमा आरोपितले कसरी बलात्कार र हत्या गरे भन्ने विस्तृत विवरण खुलाएका छन् ।
Read full story at source (clickmandu.com)