बारा घटना : ओसीएमसी कक्षको भिडियो लिक गर्ने प्रहरी हवल्दार पक्राउ
annapurnapost.com · Mon Aug 24 09:31:35 GMT 2026

सिमरा : तीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १६ वर्षीय बालकको ओसीएमसी कक्षाभित्रको गोप्य भिडियो लिक गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।
कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा चिकित्सकले बालकसँग परामर्श र सोधपुछ गरिरहेको भिडियो आइतबार साँझदेखि भाइरल भएको थियो। गोपनीयता र अनुसन्धानको गम्भीरतालाई ध्यान नदिई भिडियो सार्वजनिक भएपछि छानबिन थालेको प्रहरीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (annapurnapost.com)