छुटेको ल्यापटप ब्याग दिन नखोज्ने राइडर, पक्राउपछि खुल्यो स्कुटर पनि चोरीकै
techpana.com · Mon Aug 24 09:35:41 GMT 2026

काठमाडौं । राइड शेयरिङका क्रममा यात्रुले भुलेको ल्यापटप ब्याग फिर्ता गर्न नखोज्ने एक राइडरलाई प्रहरीले पक्राउ गरेपछि उनका श्रृङ्खलाबद्ध आपराधिक गतिविधि सतहमा आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिले प्रयोग गरेको स्कुटर चोरीको हुनुका साथै उनी अर्कैको नामको राइड शेयरिङ आईडी प्रयोग गरेर सवारी साधन चोरी धन्दामा समेत संलग्न रहँदै आएको खुलेको हो ।
पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकाका ३९ वर्षीय शरद खनाल रहेका छन् । उनलाई आइतबार राति प्रहरीले काठमाडौंको नयाँ बसपार्क (गौङ्गबु) क्षेत्रबाट नियन्त्रणमा लिएको हो । भक्तपुरबाट राइड शेयरिङको प्रयोग गर्दा एक यात्रुको ल्यापटप ब्याग स्कुटरमै छुटेको र खनालले फिर्ता दिन नखोजेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
Read full story at source (techpana.com)