लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् हेरफेर
reportersnepal.com · Mon Aug 24 09:55:23 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् पुनगर्ठन गरेका छन् । एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले आज नेकपाबाट तीन जना मन्त्री थपेका थिए ।
मन्त्रिपरिषद् पुनगर्ठनसँगै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी कृष्ण कुसुम थारुलाई दिइएको छ। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
Read full story at source (reportersnepal.com)