इक्यानको ‘एडुक्लेभ ४.०’ सम्पन्न, शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन र नीतिगत सुधार गर्न जोड
kendrabindu.com · Mon Aug 24 10:11:55 GMT 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित एडुक्लेभ ४.० नीतिगत संवाद काठमाडौंस्थित म्यारियट होटलमा सफलतापूर्वक सम्पन्न भएको छ । इक्यानका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा, नेपाली कांग्रेसकी सांसद रेनुका काउचालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, कानुनविद्, अर्थशास्त्री तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालगायत कानुन क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहेको थियो । शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित नीतिगत विषय, चुनौती तथा आगामी सम्भावनाबारे छलफल गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका थिए ।
Read full story at source (kendrabindu.com)