विश्वकप फाइनमा स्पेनका खेलाडीहरूलाई हातपात गरेकाअर्जेन्टिनी मिडफिल्डर लियान्ड्रो पारेदेसलाई १० खेलमा प्रतिबन्ध
arthasansar.com · Sun Aug 23 10:12:43 GMT 2026
फिफाले विश्वकपको फाइनलमा हार व्यहोरेपछि स्पेनका खेलाडीहरूलाई हातपात गरेको अभियोगमा अर्जेन्टिनाका तीन खेलाडीसहित प्रशिक्षक टोलीका सदस्यलाई प्रतिबन्ध र भारी जरिवानाको घोषणा गरेको छ। मैदानमा एरिक गार्सियाको घाँटी समातेको र गाभीलाई भुइँमा लडाएको आरोपमा मिडफिल्डर लियान्ड्रो पारेदेसलाई १० खेलको प्रतिबन्ध र ९० हजार अमेरिकी डलर जरिवाना गराइएको छ, जुन सन् २०१४ मा लुइस सुआरेजमाथि लगाइएको कारबाही पछिकै सबैभन्दा कठोर फिफा सजाय हो।
यो प्रतिबन्धका कारण पारेदेस जुन २०२७ सम्म अर्जेन्टिनी टोलीबाट बाहिर रहनेछन्। यस्तै डिफेन्डर नाहुएल मोलिनालाई ७ खेलको प्रतिबन्ध र ९० हजार डलर जरिवाना तथा थियागो अल्माडालाई १ खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गराइएको छ। अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयालाले पनि ३ खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना पाएका छन् भने स्पेनका गाभीलाई समेत इङ्ल्यान्डविरुद्धको खेलका लागि १ खेलको प्रतिबन्ध लगाइएको छ।
Read full story at source (arthasansar.com)