बडीमालिकामा फोर–जीको पहुँच
nepalnews.com · Mon Aug 24 10:16:42 GMT 2026

काठमाडौं । धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो।
उक्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय पनि लाभान्वित भएका छन्। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।
Read full story at source (nepalnews.com)